कुशल प्रशासक स्थानीय बिकास अधिकारीःप्याकुरेल

कुमार प्याकुरेल, दैलेख
आकर्षक ब्यक्तित्व कुhariशल प्रशासक, स्पष्ट बक्ता प्रशगं हो स्थानिय बिकास अधिकारी हरि प्याकुरेलको झन्डै २ बर्षको दैलेख बसाईमा स्थानीय बिकास अधिकारी प्याकुरेलले जिल्लामा थुप्रै उदाहरणिय काम गरेर जिल्लालाई चिनाउने साथै जिल्ला बासीलाई रिझाएका छन् । उनको काम गर्ने फरक शैलि उनको प्रस्तुत हुने शैलिले साच्चिकै जिल्ला बासीको मन जितेका छन । चाहे त्यो आफ्नो कार्यालयको प्रशासन तिर होस् या जिल्लाका बिकास निर्माण सम्वन्धि कार्यमा उनको सक्रियताले आज जिल्लाले केहि फरक महशुश गरेको छ ।
हुन त उनले लामो समय थुप्रै जिल्ला प्रशासन कार्यालयमा ब्यतित गरे, प्रमुख जिल्ला अधिकारी भएर बिभिन्न जिल्लामा गए , उनि अरु प्रमुख जिल्ला अधिकारी भन्दा अलि फरक स्वभावको देखिए, जनताको काम छिटो छरितो हुनु पर्दछ । त्यो उनको अधिकारको कुरा हो जस्ता राम्रा बिचारले जनताका माझ उनि चर्चित नै थिए, र पनि उनको अरुको भन्दा काम गर्ने फरक शैलि भएकोले पनि चर्चामा आउनु पनि स्वभाबिक थियो । क
जिल्लामा अहिले सम्म थुप्रै स्थानीय बिकास अधिकारीहरु आए, गए तर हरि प्याकुरेल जस्तो आफ्नो कार्यमा बिचलित नहुने स्थानीय बिकास अधिकारी अहिले सम्म आएका पनि थिएनन् । उनले गरेका थुप्रै उदाहरणिय कार्यगरे चाहे त्यो कार्यालयमा होस् या बिकास निर्माणमा कार्यालयमा कर्मचारी ढिलो आएर सेवा प्रवाहमा ढिलाई नहोस् । भन्नाका लागि उनले कार्यालयमा सि सि क्यामरा समेत जडान गरे जसले गर्दा कुन कर्मचारी आए कसले सेवा दिईरहेकोछ, कसले के गर्दै छ जस्ता कुराको हेरफेर गर्न सजिलोको लागि उक्त क्यामरा राखिदिनाले कर्मचारीहरुको कार्य सम्पादनमा ब्यापक सुधार आएको प्रष्ट देखिन्छ, त्यस्तै जिल्लामा राजनितिक दलका प्रतिनिधिहरु केहि नागरिक समाजका प्रतिनिधिहरु बसेर जिल्लामा बाकि रहेका बजेट सिध्याउन एउटा बन्द कोठामा छलफल गरेर कागजि रुपमा बिल मिलाएर जिल्लामा रकम सिध्याउने परिपाटिको पनि केही मात्रामा अन्त्य भएको छ ।
अहिले सम्मकै जिल्लामा आएका स्थानिय बिकास अधिकारीहरुको कुरा गर्ने हो भने कसैले पनि यतिका पारदर्शिरुपमा काम गरेको थिएनन्, अहिले चोक चोकमा कुरा हुने गर्छ कि जिल्ला बिकास समितिमा पनि यतिका योजना हुदा रहेछन्, प्राय सबै जसो उपभोक्ताहरुले आफु भित्र बाट आफ्नै समुदायका मानिसहरुबाट उपभोक्ता समिति बनाई आफै गाउ टोल सुधार गर्न निर्माण गर्न लागि परेका छन्, वर्षातको समय भएता पनि निर्वाध रुपमा अहिले सम्मनि गाडी चढ्न पाईरहेका छन्, हरेकले आफ्नो दायित्व सम्झि लागि परेका छन् ।
कैयन ब्यक्तिले रोजगारी पाएका छन् आफ्नो कामको आफ्र्नै समुदायका उपभोक्तले अनुगमन गरेका छन्, समग्रमा भन्नु पर्दा जिल्लामा आएको बजेटको सहिरुपमा सदुपयोगको प्रयास गरिएको छ, प्राय जसो असारमा बाकि रहेको रकम सिध्याउने प्रचलनले काममा अलि हतार हुनाले गुणस्तरिय काम भने भनेजस्तो नभएको होला तर हर प्रयासमा लागि परेका छन् स्थानीय बिकास अधिकारी हरि प्याकुरेल, अनि दैनिक जसो योजनाको काममा आफै प्राविधिक टोलि लगेर अनुगमनका लागि जान्छन्, कामको गुणस्तरको कुरा उनि योजनास्थलबाटै पृष्टपोषण दिन्छन् पनि चित्त नबुझेको कुरा अनि प्राबिधिकले गरेको स्टिमेटको कुराको पुर्ण पालना हुनुपर्छ भन्नेमा उनि चट्टान सरि उभिरहन्छन्, उनको अर्को राम्रो बानी उनले राम्रो कार्य गर्ने गर्नेको प्रशंशा अनि काम नगर्नेलाई भुक्तानी रोक्का देखि सम्झौता रोक्का समेत गरिदिन्छन् त्यसैले पनि साचिक्कै कुशल प्रशासक रुपमा उनि परिचित छन् ।
संचार क्षेत्रमा हुने बिभिन्न गतिविधिहरुलाई भित्र भित्र मिलाएर रकम सक्ने बिगतको प्रचलन तोड्दै जिविस भित्रैका बिभिन्न गैससमार्फत खर्च गरिने संचार क्षेत्रको रकमको समेत पारदर्शीता बढेको छ । जिल्लामा सुशासन अभियानले केही हदसम्म कार्यान्वयनको बाटो तय गरेको छ । अँझै पनि काम नगरेर भुक्तानी लिने एकथरी उपभोक्ता समिति कायमै रहेको देखिन्छ भने अर्कोथरी काम गर्ने र बिल, भरपाइ र अन्य नीति नियमका कुरा पालनामा जानकारी नभएर समस्यामा परेका उपभोक्ता समितिका उदाहरुण हरुपनि त्यतीकै देखिएका छन् । गाउँका केही जान्य व्यक्ति र टाँठाबाँठाहरुको हालिमुहाली हुने बिकास गतिविधिहरुलाई निरुत्साहित पार्न स्थानीय बिकास अधिकारीको सक्रियता बढेको छ ।
जिल्लाबासी भएका कारणले पनि बिकास गतिविधिहरुलाई पारदर्शी र मर्यादित बनाउनु नैतिक दायित्व हो र पनि जिल्लाको बास्तवीक समस्या समाधानका लागि उनले देखाएको बाटो सवैले अवलम्बन गर्न सकेमा जिल्लाका बिकासमा धेरे सजिलो हुने महसुस गरिएको छ ।
जिल्लाको समग्र बिकास निर्माणमा दलिय सहमती मुख्य कुरो हुन आउँछ यसका लागि जिल्ला राजनीतिक दलहरुलेसमेत सकारात्म सोचको बिकास गरि बिल भरपाईको भरमा भुक्तानी दिनुनर्पे प्रचलन अन्त्य गर्न हातेमालो गर्नुपर्ने देखिन्छ ।
जिल्लाबासिहरु अझै पनि चाहन्छन् हरि प्याकुरेल जिल्लामा रहिराखुन् उनले गरेको कार्य उनले बासालेको सिस्टमले साचिक्कै अब जिल्लामा अनिमितता र भ्रष्टचारमा कमि आउने आशा गर्नु अस्वभाविक हुँदैन होला । जिल्लामा बिकासको गति संगसंगै गुणस्तारिय कामको शुरुवात भएको छ । यही गतिमा करिव ५ बर्ष अभ्यास गर्न सक्यौं भने जिल्लाको भविष्य बन्ने थियो कि ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार